उत्तर कोरियाले आफ्ना नागरिकलाई स्वदेश फर्किन दियो, एक हप्ता क्वारेन्टाइन बस्नै पर्ने

सन् २०२३ को मे महिनादेखि विश्व स्वास्थ्य संगठनले कोरोना महामारी समाप्त भएको घोषणा नै गरिसकेको छ । तर, उत्तर कोरियामा भने अझै पनि कोरोनाविरुद्धको नियम हटाइएको छैन । उसले शनिबारदेखि मात्रै विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन अनुमति दिएको छ ।