सर्लाहीको चापिनी नदी बगरमा औद्योगिक ग्राम बन्ने

सर्लाही । हरिवन नगरपालिकाले वडा नं ११ स्थित चापिनी नदी बगरमा औद्योगिक ग्रामको बनाउने भएको छ ।    नगर प्रमुख गणेश प्रसाईंले नगर क्षेत्रमा औद्योगिक क्षेत्र प्रवद्र्धन गर्न औद्योगिक ग्राम बनाउन लागिएको जानकारी दिए । आइतवार सो ग्रामको शिलान्यास गर्दै उनले औद्योगिक ग्रामबाट स्थानीय रोजगारी सृजना तथा आन्तरिक आयस्रोत समेत बढ्ने बताए । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ अन्तर्गत हरिवनमा सो औद्योगिक ग्राम बन्न लागेको हो । यसका लागि संघीय सरकारले गत आर्थिक वर्षमा विनियोजित १ करोड विनियोजन समेत गरेको थियो । सो रकमबाट जग्गा व्यवस्थापन, पर्खाल लगाउने र खोला नियन्त्रणको काम सकिएको इञ्जिनियर जकी अहमद सिद्धिकीले बताए । उनका अनुसार अब सो जमिनमा स्थानीय उत्पादनमुखी र स्थानीयलाई रोजगारी सृजना हुने खालका व्यापार व्यवसाय गर्न जमिन नगरपालिकाले भाडामा लगाउनेछ । करिब आठ बिघा क्षेत्रफलमा स्थापना हुन लागेको औद्योगिक ग्राममा यस क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई आकर्षित गरिने बताइएको छ । साथै हरिवनको आर्थिक विकासमा मद्दत पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडालले बताए । एउटै छानामुनि विभिन्न व्यवसाय तथा उद्योग सञ्चालन हुँदा स्थानीलाई आफ्नो उत्पादन कहाँ विक्री वितरण गर्ने र बजार नपाउने चिन्ता हट्नुको साथै किनमेल गर्न धेरैतिर धाउनुपर्ने बाध्यता हट्ने नगरपालिकाले विश्वास लिएको छ । नदीले कटान गरेको जमिनको सदुपयोग गर्दा कृषियोग्य तथा वनको जमिन सुरक्षित रहने मात्र नभई कलकारखाना स्थापनाले बेरोजगारीको समस्या समेत हल बताइएको छ । सो औद्योगिक ग्राम प्रदेश २ कै नमूना बन्ने विश्वास गरिएको छ । रासस

सम्बन्धित सामग्री

८ वटा औद्योगिक ग्राम घोषणा (सूचीसहित)

२१ चैत, काठमाडौं । सरकारले ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको छ । हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको नीतिअनुसार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो । राजपत्रअुनसार काभ्रेको मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका, नुवाकोटाको लिखु गाउँपालिका, म्याग्दीको […]

औद्योगिक ग्राम निर्माण सुस्त

कर्णालीमा औद्योगिक ग्राम निर्माण कार्यमा अलमल देखिएको छ । संघीय सरकारले अघि सारेको एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत छनोट भएका स्थानीय तहमा निर्माणले गति लिन नसकेको हो । सुर्खेतका चार तथा कालिकोट र जाजरकोटका एक–एक पालिकामा औद्योगिक ग्राम निर्माणको घोषणा गरिएको थियो । सुर्खेतको पञ्चपुरी नगरपालिकामा २०७६, भेरीगंगा, चौकुने र गुर्भाकोट नगरपालिका, […]

जुम्लाको गिडीखोलालाई औद्योगिक ग्राम बनाइने

जुम्लाको तातोपानी गाउँपालिका– ४ गिडीखोलामा औद्योगिक ग्राम स्थापना हुने भएको छ । औद्योगिक ग्राम स्थापनाका लागि देशभरका ८ स्थानीय तहबाट परेको प्रस्तावमध्ये गिडीखोला छनोट भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी...

औद्योगिक ग्राम निर्माण सुस्त

काठमाडौं, मंसिर २५ । औद्योगिक ग्राम निर्माण गर्ने कार्यक्रम आएको चार वर्ष भए पनि प्रगति न्यून रहेको छ । हालसम्म १०५ वटा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरिए पनि तिनको प्रगति भने सुस्त रहेको हो । पछिल्लो पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मागेको प्रगति विवरणमा २६ वटा स्थानीय तहले मात्रै औद्योगिक ग्रामको प्रगति विवरण […]

लुम्बिनी प्रदेशका २० पालिकामा औद्योगिक ग्राम घोषणा

संघीय सरकारले लुम्बिनी प्रदेशका २० वटा पालिकामा औद्योगिक ग्राम घोषणा गरेको छ ।संघीय सरकारले पटक पटक गरेर औद्योगिक ग्राम घोषणा गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले घोषणा गरेको औद्योगिक ग्राम राजपत्रमासमेत प्रकाशित भएको छ । संघीय सरकारले पटक पटक गरेर प्रदेशका १२ जिल्लाका २० वटा पालिकामा औद्योगिक ग्राम घोषणा गरेको हो । प्रदेशमा […]

तीन वर्षमा १०६ औद्योगिक ग्राम घोषणा

सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको तीन वर्ष पूरा हुँदा बल्ल देशका १ सय ६ स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकारले पटकपटक घोषणा गरेका औद्योगिक ग्रामको कुल संख्या १ सय ६ पुगेको हो ।“सरकारले हालसम्म ८ पटक औद्योगिक ग्राम घोषणा […]

११ नयाँ औद्योगिक ग्राम घोषणा

सरकारले थप ११ वटा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको छ । दुई वर्षअघि घोषणा गरिएका औद्योगिक ग्राम निर्माण नभई सरकारले थप औद्योगिक ग्राम बनाउने घोषणा गरेको हो ।हालै बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न जिल्लामा ११ वटा औद्योगिक ग्राम बनाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नयाँ घोषणा गरिएका […]

कालीकोटमा औद्योगिक ग्राम बन्दै

मान्म–कालीकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷७९ मा शुभकालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो । देशभरका चार नगरपालिका र दुई गाउँ पालिकालाई मन्त्रालयले औद्योगिक ग्राम बनाउन छनोट गरेको हो । मन्त्रालयका अनुसार औद्योगिक ग्रामका लागि छनोट गरिएका स्थानीय तहमा शुभकालिकासँगै धनकुटाको महालक्ष्मी नगरपालिका, […]

औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन

सुदूरपश्चिम प्रदेशमा ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत २१ उद्योग स्थापना गरिने भएका छन् । औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम अगाडि बढाइएको छ । स्थानीय तहको समन्वयमा श्रेष्ठ इसिएन एलइसी जेभी परामर्शदाता कम्पनीले सम्भाव्यता अध्ययनको काम सुरु गरेको हो । प्रदेशका नौमध्ये आठ जिल्लामा उद्योग स्थापना गर्न सम्भावना रहेका स्थानीय तहमा पुगेर जग्गाको अवस्थाका बारेमा जानकारी लिने काम गरिएको कम्पनीका परामर्शदाता डिल्लीराज अधिकारीले बताए । “दार्चुलाबाट कञ्चनपुरसम्म पुगेर औद्योगिक ग्राम स्था...

एक सय ३० औद्योगिक ग्राम निर्माण गर्ने तयारी

सरकारले स्थानीय तहमा औद्योगिक ग्राम निर्माण कार्यलाई तीव्रता दिने भएको छ। साना तथा घरेलु उद्योग स्थापनालाई प्रोत्साहन गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्न एक सय ३० औद्योगिक ग्राम निर्माण गर्ने तयारी गरेको हो।...