चुनावको मुखमा कार्यकर्तालाई सरकारले बाँड्न थाल्यो करोडौं रुपैयाँ, गृहमा चेक लिनेको भीड

काठमाडौं : पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्रै बाँकी रहँदा सरकारले करोडौं रुपैयाँ धमाधम वितरण गर्न थालेको छ। आर्थिक सहायताको नाममा सत्तारुढ दलका कार्यकर्तालाई लाखौं रुपैयाँको चेक वितरण गरिएको हो। गृहमा यतिखेर आर्थिक सहायता बापतको चेक लिनेको भीड बढेको छ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्दै सरकारलाई आर्थिक...