अमेरिकाको टेक्सस राज्यमा रहेको एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा ज्यान गुमाउनेको सङ्ख्या २६ जना पुगेको छ । गोली प्रहारबाट कम्तीमा २० जना बालबालिका र ६ जना वयस्क गरी २६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
गोली प्रहार भएको विद्यालयमा सातदेखि दश वर्ष उमेर समूहका बालबालिका अध्ययन गर्छन् । रब एलिमेन्ट्री स्कुलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानेको टेक्सस राज्यका गभर्नर ग्रेग याबटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विद्यालयमा झन्डै पाँच सय जना बालबालिका रहेका र ज्यान गुमाउनेकाे सङ्ख्...