मनसुनको न्यून चापीय रेखा फेरि भारततर्फ सर्दै, अब केही दिन ठूलो पानी नपर्ने

काठमाण्डाै - आज हिजो र अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पानी पर्ने प्रणाली फेरि दक्षिणतर्फ अर्थात मध्य भारततर्फ सर्न थालेकाले नेपालमा केही दिनलाई लगातार झरी र ठूलो वर्षाको सम्भावना नरहेको उहाँले बताउनुभयो। मनसुनको न्यून चापीय रेखा उत्तरतिर सरेकाले हिजो र अस्ति देशका धेरै ठाउँमा वर्षा भएको थियो भने केही ठाउँमा ठूलो पानी समेत परेको थियो । तर, अहिले मनसुनको न्यून चापीय रेखा फेरि दक्षिणतर्फ सर्न...