सामाजिक अभियन्ता चक्रबहादुर चन्द यतिखेर बहुचर्चित नेपाली चलचित्र प्रेमगीत ३ को प्राबिधिक कामका लागि केही हप्तादेखि भारतको मुम्बईमा छन । चलचित्र निर्माता समेत रहेका वाग्मती सफाई अभियानका अभियन्ता चन्दले मुम्बई बसाईको समयलाई सदुपयोग गर्दै सागरतट सफाई अभियानमा आफ्नो सक्रियता समेत बढ़ाएका छन । उनले आज तेश्रो चरणको अभियान मुम्बईको वरसवा बीचको सागरतटको सफ़ाई अभियान गरी …