भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा एन्टिजेन विधिबाट ६४ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामको प्रयासस्वरुप सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’मार्फत नेपाल फर्किने नागरिकको चैत १० गतेदेखि उक्त विधिबाट परीक्षण शुरु गरिएको हो ।
नाकाबाट फर्किने सबैको नभएर भारतका अति कोरोना प्रभावित क्षेत्रबाट फर्केका नागरिक, ज्वरो आएका नागरिकको मात्रै कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
...