काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गरिएको छ। ललितपुर सातदोबाटोस्थित एन्फा एकेडेमीअगाडि अधिकारीमाथि सोमबार साँझ एक युवाले दुर्व्यवहार गरेका हुन्। दुर्व्यवहार गर्ने युवाको स्कुटर नियन्त्रणमा लिइएको ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। “आफ्नो सवारीसाधन चालकलाई जिम्मा लगाएर पैदल हिँड्दै घर जाने क्रममा उहाँलाई रोकेर एकजना स्कुटर चालकले अनावश्यक दु:ख […]