सौर्य ऊर्जाद्वारा ४ करोड ७१ लाख रूपैयाँकाे विद्युत बिक्री

काठमाडाैं । झापामा सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले ५ महिनामा ४ करोड ७० लाख ९३ हजार ४ सय ९७ मूल्यको विद्युत बिक्री गरेको छ। साेही कम्पनीले विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरेको हाे । आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत उत्पादन गरेको हो । […]