मुख्यमन्त्रीको शपथ लिनेबित्तिकै ममता बनर्जीले दिइन् कडा सन्देश

भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा तृणमूल कांग्रेसलाई प्रचण्ड विजय दिलाएपछि पार्टी प्रमुख ममता बनर्जीले बुधवार मुख्यमन्त्रीको शपथ लिएकी छन् ।  शपथ लिएपछिको सम्बोधनमा ममताले राज्यमा जारी हिंसाका विषयमा कडा सन्देश दिइन् । हिंसा फैलाउनेहरूमाथि कडा कारवाही गरिने उनले बताइन् । हिंसाको घटनालाई कुनै हालतमा नसहने उनको भनाइ छ ।  त्यसअघि राजभवनमा शपथ ग्रहण समारोहमा ममता बनर्जी र राज्यपाल जगदीप धनखडबीचको अनबन स्पष्ट झल्कियो । राज्यपालले बधाई सम्बोधनमा ममतालाई हिंसाको विषयमा सचेत गराए । राज्यमा विधिको शासन लाग...