एजेन्सी । दक्षिण अफ्रिकामा बुधबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी एकआपसमा जुध्दा भएको दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।