भौतिक आक्रमणको धम्की दिनु राज्य आतंकको नमुना होः डा.केसी

काठमाडौं। डा.गोविन्द केसीले आफ्नो अभियानका मिडिया संयोजक प्रितम सुवेदीमाथि मेडिकल माफियाका नाइकेद्वारा भौतिक आक्रमणको धम्की दिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।"अवैध शिक्षण संस्थाका सञ्चालकले हाम्रो अभियानका एक सदस्यमाथि भौतिक आक्रमणको धम्की दिनु नागरिकमाथि हुने राज्य आतंकको नमुना हो," डा.केसीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। स्वतन्त्रतापूर्वक बाँच्न पाउने नागरिकहरुको अधिकार रक्षार्थ आवाज उठाउन उनले अपिलसमेत गरेका छन्।

सम्बन्धित सामग्री