उखु किसानले अझै पाएनन् गत वर्षको सरकारी अनुदानको रकम

सर्लाही : सर्लाहीका उखु किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाएका छैनन्। सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा किसानलाई प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो। नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उद्योगीबाट बेलैमा भुक्तानी नपाएर हैरान भएका उखु किसानलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको गुनासो गरे। भुक्तानीको झन्झटले किसान उखु खेतीबाट निरुत्साहित हुँदै गएका मैनालीको भनाइ छ।चाडबाडको समयमा अनुदान रकम उपलब्ध गराइदिन उखु