युक्रेनको सीमाबाट आफ्ना सेना फिर्ता लैजान रुसलाई जर्मनीको आग्रह

काठमाडौं : जर्मनीले युक्रेनको सीमाबाट आफ्ना सेना फिर्ता लैजान रुसलाई आग्रह गरेको छ।जर्मन चान्स्लर एन्जेला मर्केलले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा यस्तो बताएकी हुन्। रुसी सेनाका कारण युक्रेनमा द्वन्द्व बढेको भन्दै तत्काल सेना फिर्ता बोलाउन मर्केलले रुसी राष्ट्रपति पुटिनलाई आग्रह गरिन्।सन् २०१४ अप्रिलमा सरकारी सुरक्षाकर्मीमाथि विद्रोहीले आक्रमण गरेदेखि त्यस क्षेत्रमा रुसी सैनिक तैनाथ हुँदै आएका छन्। यसैबीच अमेरिकाले नाटो सहयोगीहरूसँग रुसी सेनाको आन्दोलनका बारेमा छलफल गर

सम्बन्धित सामग्री

युक्रेनबाट सेना फिर्ता गर्न रुसलाई बामदेव गौतमको आह्वान

काठमाडौं– कम्युनिष्ट नेता तथा पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न रुससंग आह्वान गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै गौतमले युक्रेनबाट सेना फिर्ता गर्न रुसलाई र नेटो सैनिक सङ्गठन भङ्ग गर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका हुन। गौतमले शान्तिपूर्ण वार्ताबाटै युक्रेन–रुस समस्याको समाधान खोज्न समेत आह्वान गरेका छन्।

युक्रेन सीमाबाट साँच्चिकै हटेको प्रत्याभूति गर्न रुसलाई बाइडन र सोल्जको आग्रह

अमेरिकाका राष्ट्रपति जो बाइडन र जर्मनीका चान्सलर ओलाफ सोल्जले रुसलाई युक्रेन तनाव घटाउनका लागि वास्तविक कदम चाल्न माग गरेका छन् । त्यो भनेको सीमा नजिक तैनाथ रहेका सबै सैनिक फिर्ता हो ।   मंगलवार रुसले युक्रेन सीमानजिक तैनाथ १० हजार सैनिक अड्डातर्फ फर्किन थालेको जानकारी दिएको थियो ।  तर आफ्ना सैनिकहरू रुसले फर्काएको कुनै संकेत नपाइएको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बताए ।  उनले भने, ‘टुकडीहरू सामान्य परिवर्तन भएको हामी देख्दैछौं । यी परिवर्तनलाई सेना फिर्ता लगेको म भन्दिनँ । ...