सत्ता गठबन्धन जोगाउन नेताहरु दिल्ली पुग्नुभएकाे छ : शङ्कर पोखरेल

कास्की - नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सत्ता गठबन्धनलाई चुनावसम्म जाेगाउन नेताहरु भारत भ्रमणमा गएका दाबी गर्नुभएकाे छ ।  प्रेस चैतारी गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले आउँदाे सङ्घीय र प्रदेशकाे चुनावसम्म गठबन्धन टिकाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणा भारत भ्रमणमा गएकाे दाबी गर्नुभएकाे हाे। उहाँले नेपालको राजनीतिलाई खण्ड गर्ने काम भएको बताउँदै आन्तरिक मामिलामा सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्याएको आ...

सम्बन्धित सामग्री

एमाले प्रतिपक्षमा बस्छ : महासचिव शङ्कर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् । आज नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले एमालेलाई सरकार गठनको जनादेश नदिएको भन्दै प्रतिपक्षमा बस्ने स्पष्ट पारे । “एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ”, उनले भने, “अहिलेको जनादेश हाम्रो पक्षमा नरहेकाले पाँच […]

यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी हुँदैन : शङ्कर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी नहुने बताएका छन् । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसीसहितका विषयमा धारणा बनाउने बताएका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिका निभाएको भन्दै महासचिव पोखरेलले […]

निर्वाचन नराउन महाभियोग प्रस्ताव दर्ता गरिएको एमाले महासचिवको आरोप

नेकपा एमालेका महासचिव शङ्कर पोखरेल शसमयमै निर्वाचन गर्न नदिन सरकारले प्रधानन्यायाधीशमाथि महाभियोगको प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् ।

संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात : शङ्कर पोखरेल

काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमाले नेता शङ्कर पोखरेलले सर्वोच्च अदालतको आदेशबाट संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुगेको टिप्पणी गर्नुभएको छ ।  अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात । सुदूर भविष्यसम्म नेपाल र नेपाली जनले अस्थिरताको दुश्चक्र बेहाेर्नुपर्ने भयाे ।    सर्वाेच्च अदालतले साेमवार प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै स...

कार्यदल बैठक छोडेर शङ्कर पोखरेल बाहिरिए, भने - प्रयास जारी छ

नेकपा एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा जारी छ । चार घण्टादेखि जारी बैठकबाट कार्यदल सदस्य शङ्कर पोखरेल भने बाहिरिएका छन् । छलफल जारी रहेकै बेला पोखरेल भने बैठक छोडेर बाहिरिएका हुन् ।उनले सहमतिका लागि प्रयास जारी रहेको भन्दै सम्भवतः आजै विवाद टुङ्गिने बताए । ‘हामी सहमतिका लागि अधिकतम प्रयास गरिरहेका छौ । सम्भवतः आजै हामी टुङ्ग्याउँछौ’, पोखरेलले संक्षिप्त प्रतिक्रिया दिएका छन् ।पार्टी विवाद मिलाउन कार्यदलको बैठक गत सोमबारदेखि लगातार बस्दै आएको छ ।&

भेरी अस्पतालको घटनाका दोषीलाई कारबाही हुन्छः शङ्कर पोखरेल

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भेरी अस्पताल घटनाका दोषीलाई कारबाही हुने बताएका छन् । उनले घटनाको निष्पक्ष छानबिन गरिनेसमेत प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानविनगरी दोषीमाथि कारबाही हुनेछ । कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि […]

राजीनामा दिएको केही घण्टामै शङ्कर पोखरेल पुनः बने मुख्यमन्त्री

बुटवल। एमाले नेता शङ्कर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।