एजेन्सी - साफ महिला यु-१७ च्याम्पियनसिप २०२५ को खेल तालिका सार्वजनिक भएको छ । बुधबार दक्षिण एसियाली फुटबल फेडेरेसनले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता आगामी महिनामा आयोजना हुदैछ । २० देखि ३१ अगस्टसम्म आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसँग खेल्नेछ । नेपालले २० अगस्टमा हुने उद्घाटन खेलमा भारतको सामना गर्नेछ ।
काठमाडौं – नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ । नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्य रातभर बाढी प्रभावित क्षेत्र रसुवामा खटिएर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री […]
एजेन्सी – टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले बताएका छन् । मंगलबारसम्म एक सय नौ जनाको मृत्यु भएको थियो । यस्तै बेपत्ता हुनेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । टेक्सासका केही काउन्टीमा अचानक बाढी आएको चार दिनपछि बाँचेका व्यक्तिहरू भेट्ने आशा मिसिएको थियो र गभर्नर ग्रेग एबटले बेपत्ताहरूको […]