आईसीसी महिला विश्वकप : दक्षिण अफ्रिका सेमिफाइनलमा

दक्षिण अफ्रिका आईसीसी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  वेष्ट इन्डिज विरुद्धको खेल खराब मौसमको कारण स्थगित भएपछि दक्षिण अफ्रिका सेमिफाइनल पुगेको हो । पानी परेका कारण ढिलो सुरु भएको खेललाई २६ ओभरमा छोट्याइएको खेलले ११ औ ओभरबाट निरन्तरता पाउन नसकेपछि खेल रद्द गर्नुपरेको थियो ।  यता सात खेलमा सात अंक रहेको वेष्ट इन्डिजको विश्वकपको यात्रा अब भारत र इंग्ल्याण्डको खेलको नतिजामा भरपर्ने छ । खेलमा वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेपछि दक्षिण अफ्रिका ब्याटिङमा आएको थियो । १० ओभ