एमाले केन्द्रीय अनुशासन आयोगको बैठक सुरु

काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगको बैठक जारी रहेको छ । बैठक आयोगका अध्यष केशव वडालको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा सुरु भएको हो । आजको बैठकमा पार्टीको आन्तरिक विषय र त्यसमा उठेका समस्याहरुबारे छलफल हुने जनाइएको छ। सोमबार एमालेको सचिवालय बैठक बसेको थियो । गत स्थानीय तहको चुनावमा निर्वाचित […]

सम्बन्धित सामग्री

एमालेको संशोधित विधान सार्वजनिक, के प्रावधान थपिए के हटाइयो ? (पूर्णपाठ)

नेकपा एमालेले बिधान महाधिवेशनबाट पारित प्रथम संशोधित विधान सार्वजनिक गरेको छ। एमालेको विधान २०४९ लाई २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनबाट संशोधनसहित पारित भएअनुसार केही परिमार्जन गरेर प्रकाशन गरिएको हो ।एमालेको विधान अनुसार अब केन्द्रमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुनेछन् । केन्द्रीय कमिटी २ सय २५ सदस्यीय हुनेछ । यसैगरी एमालेको केन्द्रिय निकायमा बिभिन्न ७ वटा परिषद र कमिटि रहनेछन। राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् , केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् एमालेका केन्द्रीय निकायका रुपमा हुनेछन्।त्यसैगरि पार्टीका निवर्तमान अध्यक्ष बरिष्ठ नेता हुनेछन्। महाधिवेशनले अन्यथा निर्धारण गरेकोमा बाहेक निजको मर्यादाक्रम अध्यक्षपछि रहनेछएमाले केन्द्रीय कार्यालयका अनुसार यो विधानको कार्यान्वयन कात्तिक ६ गते हुने वडा अधिवेशनहरुबाट सुरु हुने छ।एक तह मातहत कमिटीलई लेबी तथा शुल्क तोकेर, माथिल्लो कमिटीले तोकेको शुल्क र लेबी बुझाएर,  पार्टी प्रकाशन बिक्री–वितरण गरेर तथा  विधान तथा आर्थिक नियमावलीमा उल्लेख भएबमोजिमको अन्य आर्थिक स्रोत परिचालन र व्यवस्थापन गरेर स्रोत व्यवस्थापन गर्नेछ।