कर्मचारी सञ्चय कोषको अध्यक्षमा कृष्णहरि पुष्कर नियुक्त

भदौ २२, काठमाडौं ।  सरकारले कर्मचारी सञ्चय कोष सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करलाई नियुक्त गरेको छ ।   गत शनिवारको मन्त्रिपरिषद् बैठकले राजस्व सचिव पुष्करलाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही अनुसार अर्थमन्त्री जनार्दन शर्माले उनलाई  पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।  कर्मचारी सञ्चय कोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ। यसअघि राजस्व सचिव रामशरण पुडासैनी कोषको अध्यक्ष थिए।