काठमाण्डाै – नेकपा एमालेले कोरोना भाइरसकाे सङ्क्रमण र यसको रोकथाम तथा नियन्त्रणमा लाग्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । आइतवार (आज) बसेको आकस्मिक स्थायी कमिटी बैठकमा कोरोना सङ्क्रमण र यसको नियन्त्रणबारे छलफल भएको हो ।
यस्तै बैठकले कोरोना बिरामीहरूकाे उपचारका लागि आवश्यक पूर्वाधार, शय्या, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आजको बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत भ...