बुढानीलकण्ठको कार दुर्घटनामा पृथ्वी मल्ल दोषी ठहर

१९ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले साढे तीन वर्षअघि बुढानिलकण्ठमा भएको कार दुर्घटनाको मुद्दामा आरोपित पृथ्वीबहादुर मल्ललाई दोषी ठहर गरेको छ । न्यायाधीशहरु राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले लापरवाहीपूर्वक सवारीसाधन चलाएको आरोपमा मल्ललाई दोषी ठहर गरेको हो । उच्च अदालत पाटनले सजाय निर्धारण भने गरेको छैन । तीन वर्षभन्दा बढी कैद गर्नुपरे सजाय […]