हस्ताक्षर नभएको मतपत्र भेटिएपछि महालक्ष्मी नगरपालिकामा तनाव

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको ४२ वटा मतपत्र भेटिएपछि मतगणना स्थलमा तनाव उत्पन्न भएको छ । मतगणना भइरहेको बेला वडा नम्बर १० को मतपेटिकामा ४२ वटा मतपत्रमा हस्ताक्षर नभएको भेटिएको हो । बिना हस्ताक्षरको मतपत्र भेटिएपछि मतगणना स्थलमा नाराबाजी भइरहेको छ । वडा नम्बर १० मा ८२६ मत खसेको थियो । […]