जोगी हुन राजनीति गरेको हो र ? भन्ने प्रवृत्तिले कम्युनिष्ट आन्दोलन बिग्रियो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेता र कार्यकर्ताका पुँजीवादी सोच हाबी भएकाले नेपालको कम्युनिष्ट आन्दोलन बिग्रिएको बताएका छन् ।  ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केसीले भने, ‘राजनीति गर्ने भनेको जोगी बन्न हो ? भन्ने गरेको पनि सुनिन्छ । राजनीति गर्ने भनेको पहिला आफू बन्नका लागि त्यसपछि आफन्त बनाउनको लागि भन्ने पुँजीवादी सोच स्थापित भयो ।’ कम्युनिष्ट पार्टीहरूले दक्षिणपन्थी अवसरवादको बाटो समातेपछि त्यसको असर ...

सम्बन्धित सामग्री

राजनीतिलाई उद्योग बनाउनेहरुबाट देश लुटियो: चित्रबहादुर केसी

रुपन्देही ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्ति मिलेर देश लुटिरहँदा पनि सत्तामा बस्नेहरु बोल्न नसकेको बताएका छन् । विदेशी शक्ति केन्द्रको नेपालमा हस्तक्षेप बढ्दा पनि आफूलाई ठूला दलको नेता बताउनेहरु मौन बसेको उनले आरोप लगाए । शुक्रबारदेखि बुटवलमा शुरु भएको रक्तिम सांस्कृतक अभियानको चौथौ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष केसीले राजनीति गर्नेहरु […]

चित्रबहादुर केसीको डेरा दुःख

८० वर्षे सासंद चित्रबहादुर केसी शहरमा डेरा खोज्दैछन् । मुलुकको उपप्रधानमन्त्रीसम्म भएका केसी ‘राजनीति गर्नेले पदको दुरुपयोग नगरे सम्पत्ति जोड्न सक्दैन्’ भन्ने जीवन्त प्रमाण हुन् ।

बागलुङ १ का वजनदार उम्मेदवार, को कति बलिया?

बागलुङ : युवा पुस्ताका डा सूर्यप्रसाद पाठकसँग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा छन्। व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ।बागलुङ–१ बाट प्रतिनिधिसभामा छिर्ने दाउसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र नेकपा एमालेका केन्द्रीय सदस्य पाठक मङ्सिर ४ को चुनावमा आमनेसामने हुँदैछन्। जीवनभर निष्ठाको राजनीति गर्दै आएका केसी र युवा जोशले ओतप्रोत पाठकबीचको प्रतिस्पर्धा रोचक हुने कतिपयको ठम्याइ छ।संसदीय

८० वर्षका केसी र युवा पुस्ताका पाठकको रोचक प्रतिस्पर्धा

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ–१ बाट ८० वर्षीय चित्रबहादुर केसी र युवा पुस्ताका डा सूर्यप्रसाद पाठक चुनावी मैदानमा हुनुहुन्छ । व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ । जीवनभर निष्ठाको राजनीति गर्दै आउनुभएका केसी र युवा …

कांग्रेसले गठबन्धन गरेन भने पनि हामी रुनेवाला छैनौंः चित्रबहादुर केसी

काठमाडौं, १७ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन गरेन भने पनि आफ्नो पार्टी रुनेवाला नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “हामी जितहारको हिसाबले राजनीति गर्दैनौं । कसको आड लागेर चुनाव जितित्छ भने राष्ट्रिय जनमोर्चा […]

जनताले मागेको खोप, सरकारले दियो ‘ब्यालेट पेपर’- चित्रबहादुर केसी

काठमाडौँ-  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताका अघि कम्युनिष्ट पार्टी पनि चुकेको बताएका छन्। उनले अरु प्रतिक्रियावादीको विश्वास पहिल्यै गुमेको अवस्थामा पाँच वर्ष जनताले पठाएका बेला कम्युनिष्ट पार्टीले जनताको विश्वास जित्न नसकेको बताए। उनले भने, ‘नेताहरुले आफूलाई बनाउन राजनीति गरेका छन्। परिवार बनाएका छन्। कम्युनिष्ट भनिरहने अनि सम्पत्ति कमाइरहने प्रवृति हावी भएको छ। जनताको विश्वास […]