बागमती प्रदेशसभाका नवनिर्वाचित सांसदको शपथ बिहीबार

हेटौडा – बागमती प्रदेशसभा सदस्य (सांसद) को शपथग्रहण बिहीबार हुने भएको छ। प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ। त्यसअघि बुधबार ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम छ। जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन्। प्रदेशसभा सचिवालयले शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र लिएर आउन भनेको छ। सचिवालयले आइतबार सार्वजनिक सूचना […]