सिन्धुलीमा करोड मूल्य बराबरको काठ बरामद

सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट निकासी हुन लागेको ठूलो परिमाणकाे अवैध गोलिया काठ प्रहरीले बरामद गरेको छ।हरिहरपुरगढी गाउँपालिका–१ स्थित बागमती नदीको किनार घाट गद्दीमा रहेको साल तथा अन्य जातको अवैध गोलिया काठ प्रहरीले बरामद गरेको हो।ट्रकमा लोड गर्दै गरेको अवस्थामा फेला पारी २ हजार २९७ क्यूफिट गोलिया काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।सालको १८० थान गोलिया १५४५ क्यूफिट र अन्य जातको ७१ थान गोलिया ७९१ क्यूफिट बरामद भएको सिन्धुलीका&

सम्बन्धित सामग्री

प्रहरीले कसरी उठायो ४ अर्ब राजस्व ? अझै बढाउला त सकृयता !

नेपाल प्रहरीले ४ अर्ब ३ करोड ४४ लाख ९६ हजार बराबरको राजस्व सङ्कलन गरेको छ । उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुनचाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयनलगायत शीर्षकबाट सङ्कलन भएको हो । संलग्न ७ हजार ६ सय ७९ जनालाई प्रहरीले कानुनी दायरामा ल्याई उक्त राजस्व […]

६ महीनामा १९ करोडभन्दा बढी राजस्व संकलन

विराटनगर (अस) । नेपाल प्रहरी प्रदेश १ ले चालू आवको पहिलो ६ महीनामा १९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । उक्त अवधिमा प्रहरीले ३ हजार ६२७ ओटा मुद्दा दर्ता गरेर कारबाही चलाएको छ । समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनबाट उक्त राजस्व संकलन भएको हो । यसैगरी सामान चोरी निकासी गर्ने ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसबाट ५ करोड ५८ लाख ८० हजार ५६७ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै नदीजन्य पदार्थको अवैध दोहन गर्ने ३२ जना र नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार गर्ने ५१५ ओटा गाडी नियन्त्रणमा लिएर २० लाख १९ हजार २५० राजस्व संकलन गरिएको छ । प्रहरीका अनुसार काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ परेका छन् । साथै १ हजार ९५२ क्यूफिट काठ बरामद हुँदा ४४ लाख ४ हजार ६६६ राजस्व संकलन भएको छ । यसैगरी ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ३१ हजार ५७६ ओटा सवारीसाधनलाई कारबाही गर्दा ८ करोड ५९ लाख ६४ हजार ५०० राजस्व संकलन भएको छ । लागूऔषध नियन्त्रणतर्फ गाँजा ३८२ किलो ८९९ ग्राम, चरेस १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर १ किलो ४२५ मिलिग्राम, विभिन्न मनोद्दीपक क्याप्सुल १० हजार ६८ वटा नियन्त्रण गरिएको छ । यस्तै १ हजार ६६१ रोपनी क्षेत्रफलमा लगाइएको ७ लाख ५१ हजार ७७८ बोट गाँजा नष्ट गरिएको प्रहरीले बताएको छ ।