नर्भिकमा यूरोलोजीको विशेष टिम र बालरोग विशेषज्ञले निःशुल्क ओपिडी सेवा दिने

नर्भिक इन्टरनेशनल हस्पिटलले आगामी मंसिर १८ गते, शनिवार दुई विशेषज्ञ चिकित्सकहरुमार्फत निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।  थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ यूरोलोजिष्ट डा.सुनिल श्रेष्ठ नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा.ढकालको ओपिडीबाट लाभ लिनसक्नेछन् भने प्रोस्टेट ग्रन्थी, मृगौला, मूत्रनली, मूत्रथैलीमा पत्थरी भएका लगायतका समस्या भएका बिरामीहरुले डा.सुनिल श्रेष्ठ नेतृत्