ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु ६ जना घाइते

ताप्लेजुङ, २१ कात्तिक । ताप्लेजुङमा शनिबार राति एम्बुलेन्स दुर्घटना भएको छ । मैवाखोला गाउँपालिकाबाट सुनसरीको धरान जाँदै गरेको एम्बुलेन्स शनिबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । दुर्घटनामा परि १६ वर्षीया हेककला थ्रोपाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि धरान पुर्याइएको छ । […]