न्युज अफ नेपाल, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल भोलिबाट सुरू हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगको सातौँ चरणका खेलहरू शुक्रबार सुरू भई सोमबार समाप्त हुनेछन् । यो चरणमा दुई स्थानमा खेलहरू हुनेछन् । ६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एक खेल पोखरा रंगशालामा हुने […]