व्यापारिक भवन भत्काएर उद्यान बनाउन माग

व्यास नगरपालिका–२, गणेशमान चोकस्थित जिल्ला समन्वय समितिको नाममा रहेको जमिनमा बनाइएका व्यापारिक भवन भत्काएर उद्यान (पार्क) बनाउनुपर्ने माग उठेको छ। सो स्थान खाली गराउनुपर्ने र अतिक्रमणमा परेका अन्य ठाउँका संरचनाहरू भत्काउनुपर्ने माग राखिएको स्थानीय जनप्रतिनिधि सदस्य सुरेश वाग्लेले बताउनुभयो। उहाँको नेतृत्वमा स्थानीयसहित १७ वटै टोल विकास संस्थाको संयुक्त भेलाले सो स्थानमा व्यापारिक प्रयोजन भइरहेको दमौली ट्रेड सेन्टरका संरचना भत्काएर बाल बगैँचा (चिल्ड्रेन पार्क) बनाउन माग राख्दै जिल्ला समन्वय समितिमा मङ्गलबार ज्ञापनपत्र बुझाएको छ।