सुर्खेत : कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको बताएका छन्। बुधबार बिहान प्रेस युनियन सुर्खेतले विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्।अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ। विकासमा राजनीतिक गर्न नहुनेसमेत बताएका छन् । खड्काले संविधान र ऐनले दिएको सुविधाअनुसार नै आममाफी दिइएको दाबी गरे।उनले सुशासनको मार्गचित्