माघ १४, काठमाडौं । ललितपुर महानगरपालिकाले शहरी सडक स्तरोन्नतीका लागि ठेकेदार छनौट गरेको छ ।
ललितपुर महानगरभित्रका सडकहरुको स्तरोन्नती र कालोपत्रे गर्न महानगरले १६ करोड ३८ लाख रुपैयाँ रकम कबोल गर्ने दुई ठेकेदार कम्पनीको बोलपत्र स्विकृत गर्न लागिएको सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
पहिलो प्याकेजका लागि पीआर/सप्तपथ/दरमा जेभीलाई ९ करोड ६३ लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता गर्ने तयारी गरिएको छ ।
दोस्रो प्याकेजका लागि सीएम/पवित्र/महर्जन जेभीसँग ६ करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता गर्ने तयारी गरिएको छ ।
ललितपुरका शहरी क्षेत्रमा पनि अधिकांश ठाउँमा साँघुरा सडक संरचना रहेका छन् । बढ्दो जनसंख्या र सवारी साधानको चापले सडकहरु अस्तव्यस्त हुन थालेपछि महानगरले सडक स्तरोन्नती गर्न लागेको जनाएको छ ।