नेपाल टी-ट्वान्टी लिगका लागि ब्रेट ली नेपालमा

अष्ट्रेलियाका पूर्व बलर ब्रेट ली नेपाल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनी नेपाल टी–ट्वान्टी लिगका लागि आएका हुन् । उनी नेपाल टी–ट्वान्टी लिगका एम्बेस्डर हुन् । नेपाल टी–ट्वान्टी लिग असोज ८ देखि कार्तिक ५ गतेसम्म हुँदैछ । ब्रेट लीले अष्ट्रेलियाका लागि ७६ टेस्ट र २ सय २१ एकदिवसीय खेलेका थिए ।पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् । क्यानले आ

सम्बन्धित सामग्री

नेपालको अतिथि सत्कार राम्रो लाग्यो : ब्रेट ली

नेपाल टी–टवन्टी लिगले अष्ट्रेलियाका पूर्व बलर ब्रेट लीलाई नेपाल टी–ट्वान्टी लिगको मेन्टरमा नियुक्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनलाई मेन्टरको रुपमा नियुक्त गरेको बताएको हो । ब्रेट लीले नेपालको अतिथि सत्कार राम्रो लागेको बताए । शुक्रबार मात्र नेपाल आएका उनले नेपालमा आफूले राम्रो सत्कार पाएको बताए ।‘नेपालमा अतिथि सत्कार राम्रो पाए । एक दिनअघि मात्र आएको थिए नेपाल राम्रो लाग्यो,’ ब्रेट लीले भने । ब्रेट लीले नेपालमा क्रिकेट क