तुलसीपुर–सल्यान सडक माघ १६ देखि २५ गतेसम्म दैनिक ७ घण्टा बन्द हुने

दाङ – राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर–सल्यान सडक पर्सि आइतवारदेखि दैनिक सात घण्टा बन्द हुने भएको छ ।  राप्ती राजमार्ग अन्तर्गत चोरखोलादेखि कपुरकोटसम्मको साँघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएपछि १० दिनसम्म दैनिक सात घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनले जानकारी दिनुभएको छ । पर्सि माघ १६ देखि २५ गतेसम्म बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म १० दिन आवागमन बन्द गरिने उहाँले जानकारी दिनुभयो । यस सडक स्तरोन्नतिकोे जिम्मा नान्जिला एण्ड ...