काठमाडौं : कोरोना भाइरस संक्रमणबाट पछिल्लोपटक कञ्चनपुरमा तीन र पर्सामा दुईजनाको मृत्यु भएको छ।कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत दुई र होम आइसोलेसनमा रहेका एकजनाको शुक्रबार राति मृत्यु भएको हो। अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र वडा नम्बर १४ का ४८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले जानकारी दिए। यसैगरी, भीमदत्त–१८ का ६८ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ।यसैबीच, पश्चिमी सीमा नाका गड्डाचौकी र गौरिफण्टा हुँदै श