उम्मेदवारी शुल्क महँगो भएको राप्रपा नेताहरुको गुनासो, कसले कति तिर्नुपर्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा उम्मेदवारी दर्ताका लागि १ लाख रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।  निर्वाचन समितिले तोकेको शुल्क अनुसार उपाध्यक्षमा ७५ हजार, महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा १५ हजार शुल्क तोकिएको छ । राप्रपाको राजधानीको भृकुटीमण्डपमा महाधिवेशन भइरहेको छ भने नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । जसअनुसार आज मनोनयन दर्ता र भोलि मतदान हुने कार्यक्रम रहेको छ । तर, राप्रपाका नेताहरुले उम्मेदवारी शुल्क महँगो भएको बताएका छन

सम्बन्धित सामग्री

राप्रपा अध्यक्षको उम्मेदवार शुल्क १ लाख !

राप्रपाले अध्यक्षको उम्मेदवारका लागि १ लाख रुपैयाँ शुल्क तोकेको छ । त्यसैगरी उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ ।

राप्रपाको अध्यक्षको उम्मेदवारी शुल्क एकलाख

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारीहरुका लागि महंगो शुल्क तोकिएको छ । अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क एक लाख र उपाध्यक्षका लागि ७५ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिनुभयो । बुधबार सुरु भएको राप्रपा महाधिवेशनले …