पोखरा उडेको गुण एयरलाइन्सको विमानमा समस्या‚ काठमाडौं फर्काइयो

काठमाडौं : पोखराका लागि उडेको गुण एयरलाइन्सको विमानमा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको छ।  आइतबार बिहान १० बजे  उडेपछि प्राविधिक समस्या देखिएकाले ७ मिनेटमै काठमाडौ विमानस्थलमा अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी दिए।‘जहाजको एउटा ढोका लक नभएको सूचना दियो‚’ प्रमुख गुरागाईंले भने‚ ‘ढोका लक नभएको संकेतका आधारमा पाइलटले जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा नै ल्याण्ड गरिएको हो।’प्