कामु प्रधानन्यायाधीश कार्कीद्वारा हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन

हुम्ला – सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गरेका छन्। बिहान ९ बजे सिमकोट आइपुगेका कायममुकायम प्रधानन्यायाधीश कार्कीसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा मुगुबाट हुम्ला आएको जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले बताए। भवन उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी सिता परियारले जिल्लामा न्यायको मन्दिर निर्माण भएको बताउँदै खुसी व्यक्त गरेकी थिइन्। […]

सम्बन्धित सामग्री

न्यायालयको सुदृढीकरण अभियान थालेका छौं : कामु प्रधानन्यायाधीश कार्की

जुम्ला-उच्च अदालत सुर्खेत जुम्ला इजलास र जिल्ला अदालत जुम्लाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीद्वारा बुधबार एक औपचारिक समारोहका बीच दुई अदालतका नवनिर्मित भवनको संयुक्त उद्घाटन गरिएको हो ।२०५९ सालको द्वन्द्वले अदालतको पुरानो भवनमा आगलागी भयो । आगलागीले सम्पूर्ण मिसिल नष्ट हुनुका साथै भवन जलेर ध्वष्त भएको थियो […]

जनपक्षीय न्याय सेवामा सर्वोच्चकाे जोड : कामु प्रधानन्यायाधीश कार्की

जुम्ला – जुम्लामा द्वन्द्वकालमा जलेर नष्ट भएका सुर्खेत जुम्ला उच्च अदालत र जिल्ला अदालत जुम्लाका दुई भवन उद्घाटन गरिएका छन् ।  सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज बुधवार भवनको उद्घाटन गर्नुभएको हो । २०५९ साल कात्तिक २८ गते द्वन््दवकालमा आक्रमण हुँदा जलेको तत्कालीन पुनरावेदन अदालत र जिल्ला अदालत जुम्लाको नवनिर्मित भवन उद्घाटन गरिएको हो ।   भवन उद्घाटन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले जनपक्षीय न्याय थप सुदृढ गर्न सर्वोच्च अदालतले काम सुरु गरेको बताउनुभयो । मुद्दा दर्तादेखि फैस...