काठमाडौं । हिमपातसँगै बढेको जोखिमका कारण म्याग्दी जिल्ला प्रशासन कार्यालयले प्रसिद्ध अन्नपूर्ण आधार शिविर जानका लागि रोक लगाएको छ । आधारशिविर क्षेत्रमा आजदेपखि नै हिमपात पर्न सुरु भएपछि आगामी १४ गतेसम्मका लागि पूर्ण रुपमा रोक लगाएको हो । प्रशासनले पदयात्राका क्रममा विभिन्न स्थानमा रहेका पदयात्री र पर्यटकहरुलाई सुरक्षित भएर बस्न पनि आग्रह गरेको छ । […]
काठमाडौं– किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि गरिएको कुटपिट र तोडफोडको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । साथै संघले तोडफोडमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ । कार्तिक ८ गते उपचारका क्रममा एक गर्भवतिको मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उक्त घटनापछि सङ्घले मंगलबार जारी […]
११ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण गरिएको छ ।
मंगलबार गैरआवासीय नेपाली संघको सहयोगमा निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो …