छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। पाँचदिने भ्रमणका लागि भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आएका छन्। सत्ता गठबन्धनले दुईदिन भित्रमा सिट फाँटफाँट टुङ्ग्याउने भएको छ। प्र्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा ऐन रुपान्तरित गर्न सरकार गम्भीर रहेको बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनलगत्तै सडक संघर्षमा जाने घोषणा गरेका छन्। थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक ६.६८ अंकले बढेको छ।