नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले माओवादी एक्लै चुनाव लड्दा पनि अहिले २ सयभन्दा बढी स्थानीय तहमा जित्ने हैसियतमा रहेको बताएका छन् । अहिले सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा त्यो संख्या अझ बढ्ने उनको भनाइ छ । ‘२ सय स्थानमा एक्लै नै जित्ने अवस्था छ । त्यो बाहेक गठबन्धनमा ७५३ पालिकाबाट विगतको भन्दा राम्रो गर्छौं’, नेता पुनको भनाइ छ ।स्थानीय तह निर्वाचनको तयारी, गठबन्धनमा हुने तालमेलको मोडालिटी, एमालेसँगको छलफललगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले