सरकारलाई सभामुख सापकोटाको रुलिङ: त्रिभुवन विश्वविद्यालयमा देखिएकाे समस्या शीघ्र समाधान गर्नुहाेस्

काठमाडाैँ- सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या शीघ्र समाधान गर्न सरकारलाई रुलिङ गरेका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधि सभाको गम्भीर ध्यानाकर्षण भएको बताए। उनले त्रिभुवन विश्वविद्यालयको समस्यालाई शीघ्र समाधान गर्न सरकारलाई निर्देशन दि‍ए। सभामुख सापकाेटाले भने,‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमहरूले […]