थापाथलीबाट ठेला खोसिएकी शर्मिला भन्छिन्– महागरले अमानवीय व्यवहार गर्यो

काठमाडौँ महानगरपालिकाले सडकबाट हटाएका व्यवसायीहरुले विकल्प नदिए अवज्ञा गर्ने चेतावनी दिएका छन् । उनीहरुले महानगर राज्य आतंक सिर्जना गरेर आफ्नो रोजीरोटी खोसेको बताउँदै विकल्प नदिए पुनः सडकमा फर्किने चेतावनी दिएका हुन् ।मेयर बालेन्द्र शाहको निर्देशनमा केही दिनअघि थापाथलीबाट ठेला खोसिएकी शर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प नै एक मात्र बाँच्ने आधार नै खोसेर महानगरले अमानवीय व्यवहार गरेको बताइन् । संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै शर्मिलाले प्रश्न गरिन्, “के हामी यो देशका नागरिक हो