राष्ट्रपतिसँग भेट्न शीतल निवास पुगे चिनियाँ नेता चान्शु ली

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न चिनियाँ नेता चान्शु ली शीतल निवास पुगेका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा परराष्ट्रमन्त्री नारायण खड्का सहभागी हुने भएका छन्। पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरे। सरकारले विकासमा प्रतिशोध लिन खोजेको एमालेले आरोप लगाएको छ। २०७४ को चुनावमा बन्दसूचीमा रहेकाहरुले फेरि बन्दसूचीमा बस्न पाउने छन्।

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीसँग भेट्न शीतल निवास पुगे चिनियाँ नेता ली

२९ भदौ, काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीसँग भेट्‍न आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु पुगेका हुन् । त्‍यसअघि बिहान ९:३० बजे अध्‍यक्ष लीसहितको चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन […]

शीतल निवास पुगे लि, राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुसँग शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीसँग आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो। आज बिहान चिनियाँ नेता लि नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा…