काठमाण्डाै – दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले खटाएका कर्मचारीको टोलीले स्थलगत भ्रमण र अध्ययनपछि गरेको सिफारिसका आधारमा आयोगको आज बसेको बैठकले ४ वटा मतदानस्थलका १० वटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
ती मतदान केन्द्रहरुमा आउँदो १५ गतेभित्र मतदान गर्नेगरी मिति तोक्न मुख्य निर्वाचन अधिकृतको कार्यालय देलखालाई निर्देशन दिएको उहाँले बताउनुभयो ।
मंसिर ४ गते दोलखाको वैत्यश्वर गाउँपालिका व...