'लौरो' का कारण निर्वाचन आयोगले 'सितेबा' सहित १० उम्मेदवारलाई सोध्यो स्पष्टिकरण

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ । ती उम्मेदवारले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेकोले स्पष्टिकरण सोधेको आयोगले जनाएको छ ।उनीहरुको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने गरी आफूलाई स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको कार्यबाट जानाजान प्रचलित निर्वाचन कानूनको उल्लङ्घन समेत भएको पाइएकाले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको आयोगले जनाएको छ । स्पष्टीकरण सोधिएकामा पहिलो हुने निर्वाचित हुने तर्फ काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मधुसुदन पाठक 'सिते बा'  , प्रतिनिधिसभा सदस्यका सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादव, प्रदेशसभाका सिरहा क्षेत्र नं. २ (क) का उम्मेदवार राजलाल यादव, प्रदेशसभाका सिरहा क्षेत्र नं. २ (ख)का उम्मेदवार यागेशकुमार सिंह, काठमाडौँ क्षेत्र नं २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका सर्लाही क्षेत्र नं. २ का उम्मेदवार वीरवंश बैठा, सुनसरी क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्य उम्मेदवार विजय कालिकोटे, प्रतिनिधिसभा सदस्यका रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार प्रख्यात बञ्जाडे र नुवाकोट क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार दिपेश ढुंगाना रहेका छन् । ती उम्मेदवारहरूलाई “आफ्नो दलीय आवद्धतालाई स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह लौरोस्वतन्त्र अभियान रहेको भनि प्रचारप्रसार गर्ने कार्यले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुँदैन भन्ने आधार कारण के छ? तपाईंको दल हाम्रो नेपाली पार्टीलाई लौरा निर्वाचन चिन्ह स्वतन्त्र उम्मेदवारको भनी प्रचारप्रसार गर्ने कार्यले दलको उम्मेदवार हो वा स्वतन्त्र उम्मेदवार हो भन्ने बारेमा भ्रम सिर्जना भएको भनी यसपूर्व आयोगबाट पत्राचार समेत भैसकेको सन्दर्भमा तपाईं उक्त दलको उम्मेदवारबाट आयोगको निर्देशन विपरीत पुनः सोही कार्य दोहोरिएबाट तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम रु एक लाख रुपैयासम्म जरिबाना किन गर्नु नपर्ने हो? पत्र प्राप्त भएको २४ घण्टाभित्र तपाईं उम्मेदवार रहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन आयोग नेपालमा स्वयम उपस्थित भै लिखित स्पष्टीकरण पेश गर्नुहोला । अन्यथा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा निर्णयानुसार अनुरोध छ ।” भनी स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।  आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ को उपदफा (४) बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था रहेको छ । दलले कुनै स्वतन्त्र उम्मेदवारलाई लौरो चिन्हको नाममा प्रचारप्रसार गर्न दिन सक्दैन, न त कुनै स्वतन्त्र उम्मेदवारले आफ्नो निर्वाचन चिन्ह रहेको भनी प्रचारप्रसार गर्न पाउँछ । लौरो निर्वाचन चिन्ह स्वतन्त्र उम्मेदवारले परिपूरक चिन्ह भनी प्रचारप्रसार गर्न पनि मिल्दैन । लौरौ चिन्ह भएको हाम्रो नेपाली पार्टीबाट उम्मेदवार भएका व्यक्तिले कानुनी रुपमा लौरो निर्वाचन चिन्हमार्फत आफ्नो मत माग्न सक्दछन् तर आफूहरू स्वतन्त्र अभियानको अङ्ग भएको वा देशभरका स्वतन्त्रहरू लौरो निर्वाचन चिन्हको छातामा रहने भनी प्रचारप्रसार गर्न पाउँदैनन् । साथै अन्य कुनै उम्मेदवारले समेत यस्तै प्रकृतिको कार्य गरेको पाइएमा जिल्लास्थित सम्बन्धित अनुगमन अधिकृतले यसैबमोजिम सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी तत्काल कारबाही प्रक्रिया प्रारम्भ गरी आयोगलाई सोको जानकारी दिन समेत आयोगले निर्देशन दिएको छ । 

सम्बन्धित सामग्री

बन्दसूची बोकेर एमाले पुग्यो निर्वाचन आयोग

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्द सूची बोकेर एमाले नेताहरू निर्वाचन आयोग पुगेका छन् । एमालेका तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउन एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको हो ।  निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन प्रतिनिधिसभा र प्रदेश सभा तर्फको बन्द सूची बुझाउन समय तोकेको थियो ।  पहिलो दिन […]

निर्वाचन आयोग – नैतिकतामाथि प्रश्न

निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न संविधानमा निर्वाचन आयोगको व्यवस्था गरिएको छ। त्यो मान्यता र मर्मअनुसार निर्वाचन आयोग संस्थागत हिसाबले कति स्वतन्त्र, स्वायत्त र निष्पक्ष छ त? यो प्रश्न पटकपटक उठ्ने गरेको छ, विगत १६ वर्षमा, खासगरी अन्य संवैधाकिन आयोगहरु जसरी नै निर्वाचन आयोग पनि १२ – बुँदे ‘लोकतन्त्रवादी’ दलहरुको भर्तिकेन्द्र बनेपछि। निर्वाचन आयोगले सम्वैधानिक […]

तालिवानद्वारा निर्वाचन आयोग विघटन

काबुल – तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले आयोग विघटन गरेको हो । ‘आयोगको अस्थित्व र सञ्चालन आवश्यक छैन्,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै आयोगका प्रवक्ता विलाल कारिमीले भने, ‘आवश्यक परेको खन्डमा इस्लामिक इमिरेटले यस्ता आयोगहरुलाई व्यूँउताउन आवश्यक छ । ’ पश्चिमा शक्तिहरुले घुँडा टेकेपछि यही […]

अफगानिस्तानमा तालिवानले गर्यो निर्वाचन आयोग विघटन

तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले आयोग विघटन गरेको हो । ‘आयोगको अस्थित्व र सञ्चालन आवश्यक छैन्,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै आयोगका प्रवक्ता विलाल कारिमीले भने, ‘आवश्यक परेको खण्डमा इस्लामिक इमिरेट्सले यस्ता आयोगहरूलाई ब्यूँताउन आवश्यक छ । ’पश्चिमा शक्तिहरुले घुँडा टेकेपछि यही १५ अगस्टमा तालिवान सत्तामा पुगेको थियो । तालिबानको सत्तारोहणसँगै महिलाहरुका विभिन्न हक अधिकार कटौती भएका छन् । तालिवानल

अफगानिस्तानमा तालिवानले गर्याे निर्वाचन आयोग विघटन

तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले आयोग विघटन गरेको हो । ‘आयाेगकाे अस्थित्व र सञ्चालन आवश्यक छैन्,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै आयोगका प्रवक्ता विलाल कारिमीले भने, ‘आवश्यक परेको खन्डमा इस्लामिक इमिरेटले यस्ता आयोगहरुलाई व्यूँउताउन आवश्यक छ । ’पश्चिमा शक्तिहरुले घुँडा टेकेपछि यही १५ अगस्टमा तालिवान सत्तामा पुगेको थियो । तालिवानको सत्तारोहणसँगै महिलाहरुका विभिन्न हक अधिकार कटौती भएका छन् । तालिवान

निर्वाचन आयोग र सभामुखविरुद्धको रिट न्यायाधीश खड्काको बेन्चमा

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटा विरुद्ध दायर गरेको रिटमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ ।बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको थियो ।निर्वाचन आयोग विरुद्धको रिट निवेदनमा बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको

निर्वाचन आयोग पुगे माधव नेपाल

नेकपा (एकीकृत समाजवादी दल) दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका हुन्।...

पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाँदै

काठमाडौं । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जान लागेका छन् । टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन् ।लेखराज भट्ट भने विरामी भएका जान नसक्ने पूर्व माओवादी नेता मणि थापाले बताए । अधिवक्ता सरोज बुढाथोकीले बुधबार आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दल दर्ता खारेजीको मागसहित निवेदन दर्ता गराएका थिए । थापाले रातोपाटीलाई भने, 'हामीले निवेदन दर्ता गराएका थियौं । आयोगले के

जसपाका ३० कार्यकारिणी सदस्य सशरीर निर्वाचन आयोग पुग्ने

काठमाडौं, ३ असार । जनता समाजवादी पार्टीका बहुमत कार्यकारिणी समितिका सदस्य निर्वाचन आयोग सशरीर पुग्ने भएको छ । आज बसेको जसपा उपेन्द्र यादव पक्षधर कार्यकारिणी समितिको बैठकले सशरीर निर्वाचन आयोग पुगेर आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो । आधिकारिकता दाबी गर्न ३० जना कार्यकारिणी सदस्यहरु नै नागरिकतासहित निर्वाचन आयोग पुग्ने निर्णय भएपछि जसपा विवाद रोचक […]

निर्वाचन आयोग सरकारको कठपुतली भयो : श्रेष्ठ

काठमाडौं। माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानून र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ। संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भत्सर्नायोग्य छ। जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ। नेकपाको बारेमा पनि यस्तै गरिएको थियो।अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि हो।’