यसरी तुहियो वैकल्पिक सरकार बनाउने योजना

संविधानको धारा ७६ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया तुहिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरिएको भएपनि अन्तिम समयमा आएर नेकपा एमालेको नेपाल खनाल पक्षले असहयोग र जसपाकै महन्थ ठाकुर केपी ओलीतिर ढल्किँदा वैकल्पिक सरकार बनाउने योजना तुहिएको हो ।  बिहीबार दिउँसो स्थायी समिति बैठक बसेको नेकपा माओवादी केन्द्रले त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादवसंग भेट गरेको थियो । सो भेट पछि माओवादी केन्द तीन पार्टी मिलेर बनाउने तयारी गरिएको सरकार गठन प्...