स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा

काठमाण्डौ - स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार राति भएको निकै रोमाञ्चक खेल पेनाल्टी शुटआउटमा पुगेको हो । खेलको आठौँ मिनेटमा नै स्विट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक-शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गर्दै बराबरीमा राख्यो । स्विट्जरल्यान्डका रहेको फ्रियुलर रेड कार्ड पाउँदै मैदानबाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो । खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउ...

सम्बन्धित सामग्री

स्पेनलाई हराउँदै इटली युरो कप फुटबलको फाइनलमा

काठमाण्डाै - इटली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान इङ्ग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनल खेलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटली फाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा स्पेन ४-२ गोलले पराजित भयो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । इटलीले सुरुवाती अ...

युरो कपको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दै

काठमाण्डाै - युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् । इङ्ग्ल्यान्डको वेम्बली मैदानमा खेल राति पौने एक बजे सुरु हुनेछ । इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनलको पहिलो खेलमा स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ। रसियाको सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। स्वीजरल्याण्डको आत्मघाती गोलमार्फत स्पेनले अग्रता लिएको थियो। खेलको ८ औं मिनेटमा जोडी अल्बाको सट डेनिस जकारियाको खुट्टामा लागेर गोल हुन…