देउवा–ओलीबीचको वार्ता सम्पन्न, प्रतिक्रिया नदिइकन बाहिरिए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ।  राती सवा १० बजे देउवा बालकोटबाट बालुवाटार फर्किएका हु्न। बालकोटबाट बाहिरिने क्रममा देउवाले कुनै प्रतिक्रिया दिन मानेनन् ।सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओली भेट्न बालकोट पुगेका हुन् । देउवाले बालकोटमा ओलीसँग दुई चरण वार्ता गरे । पहिलो चरणको वार्ता गरेर फर्किएका देउवा फेरि बालकोट नै फर्किएका थिए ।देउवा ओली भेट्न राति ८ बजेर ५० मिनेटमा ओली निवास पुगेका थ

सम्बन्धित सामग्री

झण्डै २ घण्टा बसेर बालकोटबाट बाहिरिए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै दुई घण्टा लामो वार्ता भएको छ । ओली निवास बालकोटमा राति ८ बजेर ५० मिनेटमा बालकोट पुगेका देउवा राति सवा १० बजे बालुवाटार फर्किएका हुन् । योबीचमा देउवा र ओलीबीच दुई चरणमा छलफल भयो । पहिलो चरणमा छलफल सकेर बालुवाटार फर्किन लागेका देउवाले फेरि फर्किएर ओलीसँग छलफल गरेका थिए । छलफल एमसीसीको विषयमा केन्द्रीत रहेको बताइएपछि देउवा र ओलीको तर्फबाट कसैले पनि प्रतिक्रिया दिन मानेका छैनन् । सत्तारुढ गठबन्धनमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओलीको सहयोग...