राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने त्रिविको चेतावनी

त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी यस्तो चेतावनी दिएको हो ।त्रिविका प्राध्यापक संघ तथा संगठन र कर्मचारी संघ तथा संगठनलगायत राजनीतिक दलका भ्रातृ संगठनमा नेतृत्व तहका कर्मचारी र शिक्षकले राजनीतिक दलको महाधिवेशनलगायतका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउन थालेको सूचनाका आधारमा सो चेतावनी दिइएको हो । तथ्यांकअनुसार करिब सयको हाराहारीमा शिक्षक र कर्मचारी प्रत्यक्ष

सम्बन्धित सामग्री

काठमाडौंका विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी

१३ वैशाख, काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंको विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ […]

दलहरूले आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न सात बुँदे निर्देशन दिएको छ।आयोगले बुधबार निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन गरेका कानुनअनुसार, कारबाही गर्ने चेतावनी दिएको छ।आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जारी गरेको निर्देशनमा आचारसंहिताविपरीत काम भएमा उम्मेदवारी खारेजसम्मको सजाय गरिने उल्लेख गरिएको छ।लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने, घरदैलोको कार्यक

मत सर्वेक्षण नगर्न आयोगको चेतावनी, आचारसंहिता उल्लङ्घन गरेमा कारबाही हुने

काठमाण्डाै -निर्वाचन आयोगले आचारसंहिता विपरीत कुनै पनि उम्मेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न आग्रह गरेको छ ।  आचारसंहिता विपरीत कतिपय व्यत्तिले सामाजिक सञ्जाल प्रयोग गरी राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा नतिजा सार्वजनिक गरेको अनुगमनका क्रममा पाइएको भन्दै आयोगले त्यसो नगर्न  सचेत गराएको हाे । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त)  मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण ...

राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गर्न नपाउने, कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उमेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्ष नगर्न निर्देशन दिएको छ ।  आयोगले उमेदवार तथा पार्टी केन्द्रित भएर उनीहरुले पाउने मतबारे सर्वेक्षण नगर्न आग्रह गरेको हो । आयोगले मत सर्वेक्षण गरेमा...

सार्वजनिक पदधारण गरेको व्यक्तिले दलको सदस्यता लिए कारबाही

काठमाडौं : निर्वाचन आयोगले सार्वजनिक पदधारण गरेका व्यक्तिले राजनीतिक दलको सदस्यता लिएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला व्यक्ति राजनीतिक दलमा सदस्य हुन नपाउने कानुनी व्यवस्था रहेको स्मरण गराएका छन्। नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम दर्ता भएका राजनीतिक दलहरूले दलको विधान बमोजिम सदस्यता

उम्मेदवारविरुद्ध मिथ्या सूचना र अभिव्यक्ति दिनेलाई कारबाहीको चेतावनी

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारविरुद्ध मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ। आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोस्ट भइरहेको पाइएको भन्दै यस्ता गतिविधि रोक्न चेतावनी दिएका हुन्।उनले भने, 'स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचन

पार्टीका उम्मेदवार बनेका पत्रकारलाई कारबाही गर्ने चेतावनी

न्युज अफ नेपाल, काठमाडौं । नेपाल पत्रकार महासंघले राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका पत्रकारको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । आइतबार विज्ञप्तिमार्फत महासंघमा आबद्ध पत्रकारहरूले विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको […]