लिम्बू समुदायमा हुने भागी विवाहको झल्को दिने 'चोरको स्वर' (तस्वीरहरू)

काठमाडौ‌  : आर्टमान्डु नेपालको प्रस्तुति, कथाकार नवीन चौहानको लेखन, अनिल सुब्बा अन्वेश राई थुलुङ्गको निर्देशनमा बनेको नाटक 'चोरको स्वर' थापागाँउस्थित मण्डला थिएटरमा मञ्‍चन भइरहेको छ।नाटकले पूर्वी पहाडको लिम्बू समुदायमा प्रचलित भागी विवाह गर्ने परम्परा र त्यसपछि गरिने संस्कारलाई झल्काएको छ। कथामा शेर्मा र चेम्जोङ गाउँका लिम्बू समुदायका युवा युवतीले घर-परिवारको अनुमतिबिनै भागेर विवाह गर्ने चलन छ। त्यसपछि केटा पक्षका भद्र भलादमीहरू आफ्नो रीतसहित केटी पक्षलाई भागी विवाह भएको जा